फ्रान्स लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले जीत हासिल गरेको छ। आइतबार साँझ नाइससंग भएको खेलमा पीएसजीले ३–० को अन्तरले जिल हात गरेको हो। खेलको पहिलो हाफमा ३८ औं मिनेटमा पीएसजीका स्ट्राइकर केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।
यस सिजनमा एम्बाप्पेको यो पहिलो खेल हो। कोरोना पुष्टि भएका कारण एम्बाप्पेले यस अघिको सुरुवाती तीन खेल खेल्न पाएका थिएनन। इन्जुरी समयमा एन्जल डि मारियाले गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाएकी थिए।
दोश्रो हाफको ६६ औं मिनेटमा एन्जल डि मारियाको पासमा माक्र्युनियोसले गोल गरेर खेललाई ३-० को अन्तरले सहज जित निकालेका थिए। जीतसंगै पीएसजीले ४ अंक बटुलेको छ। ४ खेल खेलेको पिएसजीले दुई खेलमा जीत र बाँकी दुई खेल हरेको थियो। अंक तालिकामा पीएसजीले ६ अंक जोडेको छ भने नाइसले चार खेल खेलेर छ अंक बटुलेको छ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय