इंग्लिस प्रिमियर लिगमा ब्राइटनले जीत हात परेको छ। आइतबार साँझ न्युक्यासल घरेलु मैदानमा भएको खेलमा ब्राइटनले ३–० को जीत हासिल गरेको छ । १० खेलाडीमा समेटिएको ब्राइटनले नेअल माउपले दुई र आरोन कोनोलीले एक गोल गर्दै आफ्नो टिमलाई जीत दिलाएका थिए।
पहिलो हाफको चौथो मिनेटमा नै नेअलले १–० को अग्रता दिलाएका थिए । न्युक्यासलका डिफेन्डरले फ़ाउल गरेपछि पेनाल्टीलाई सदुपयोग गर्दै नेअलले गोल गरेका थिए। त्यस्तै ७ औ मिनेटमा नेअलले फेरी गोल गर्दै पहिलो हाफमा नै खेललाई २-० को अग्रता दिलाए।
दोश्रो हाफमा आरोनले फेरी एक गोल थपे। खेलको ८३ औं मिनेटमा नेअलको पासलाइ सदुपयोग गरेर आरोनले ब्राइटनलाई ३–० को जित दिलाए । अन्तिम समयमा भेस विसोउमाले रेड कार्ड खाएपछि ब्राइटन दस खेलाडीमा समेटिएको थियो । दुई खेल खेलेको ब्राइटनको यो पहिलो जीत हो। यस संगै अंक तालिकामा ब्राइटनले ३ अंक बटुलेको छ भने दुई खेल खेलेको न्युक्यासलले पनि अहिले सम्म ३ अंक बटुलेको छ ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय