इंग्लिस प्रिमियर लिग अन्तरगत लिभरपुलले चेल्सीलाई २-० को गोल अन्तरले हराएको छ। आइतबार बेलुका भएको खेलमा लिभरपुलका सादियो मानेले २ गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका हुन्।
पहिलो हाफमा खेल गोल रहित भएको थियो। इन्जुरी टाइममा एन्ड्रीएस क्रिस्टेनसेनले रेड कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
दोश्रो हाफ सुरु भएको ५ मिनेट नपुग्दै मानेले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। माने यतिमा मात्र भएनन्। उनले फेरी ५४ मिनेटमा गोल गरेर खेल लाई २-० को अग्रता दिलाएका थिए। अहिलेसम्म दुई खेल खेलको लिभरपुल दुवै खेल जितेर ६ अंक बटुलेको छ भने चेल्सी एक खेल हरेर ३ अंक बटुलेको छ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय