आइपिएलको १३ संस्करणको तेस्रो खेल केहि समय अघि सुरु भएको छ। आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स(आरसीबी)बीच दुबाईमा केहि समय अघि जारी भएको हो।
सनराइजर्सका क्याप्टेन डेबिड वार्नरले टस जितेर बलिंग गर्ने फैसला गरेका छन्। आरसीबीका एरान फिच र देवदत्त पल्लीकलले ब्याटिंग गरेका छन। फिच र पल्लीकलको साझेदारीमा अहिलेसम्म ८ ओभरमा ६४ रन बनाएका छन्। पल्लीकल र टी. नटराजन यस बर्षको आइपिएलमा डेब्यु गरेका हुन्।
यस खेलमा सामेल खेलाडीहरु
सनराइजर्स हैदराबाद : डेविड वार्नर (क्याप्टेन), जानी बेयरस्टो (विकेटकीपर), मनीष पाण्डे, विजय शंकर, प्रियम गर्ग, अभिषेक शर्मा, मिशेल मार्श, राशिद खान, भुवनेश्वर कुमार, टी. नटराजन र सन्दिप शर्मा।
रोयल च्यालेन्जर्स(आरसीबी) : एरान फिंच, विराट कोहली (कप्तान), एबी डिविलियर्स, जोश फिलिप (विकेटकीपर), शिवम दुबे, देवदत्त पल्लीकल, वाशिंगटन सुन्दर, नवदीप सैनी, उमेश यादव, डेल स्टेन र युजबेन्द्र चहल।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय