हिमाल दैनिक
आइपिएल अपडेट: सनराइजर्स हैदराबादका क्याप्टेन डेविड वार्नर ६ रनमै आउट
david-warner-ipl
सनराइजर्स हैदराबादको पहिलो विकेट गएको छ। दोश्रो इनिंगसमा सनराइजर्स हैदराबादका क्याप्टेन डेविड वार्नर 6 रन बनाएर रनआउट भएका थिए। सनराइजर्स हैदराबादलाई विराट कोहलीले १६४ रनको लक्ष्य दिएको छ। अहिले ब्याटिंगका लागि मनिस पाण्डे मैदानमा उत्रेका छन्। पछिल्लो विवरण अनुसार सनराइजर्स हैदराबादले ५ ओभरमा ४१ रन बनेको छ भने १ विकेट गुमाएको छ।  पहिलो इनिगसमा सनराइजर्सका क्याप्टेन डेबिड वार्नरले टस जितेर बलिंग गर्ने फैसला गरेका थिए । आरसीबीका एरान फिच र देवदत्त पल्लीकलले ओपनिंग ब्याटिंग गरेका छन। फिच र पल्लीकलको पार्टनरसिपमा ९० रन बनाएका थिए । देवदत्त पल्लीकलले ४२ बलमा ५३ रन बनाएका थिए भने फिचले २९ रन बनाएका थिए। आइपिएलको डेब्यु खेलमा पल्लीकलले ८ चौका हानेका थिए। त्यस्तै एबी डिविलियर्सले ३० बलमा ४१ रन बनाएका थिए भने विराटले १४ रनको योगदान गरेका छन् । पहिलो इनिंगसमा आरसीबीले १६३ रन बनाएका थिए भने ५ विकेट गुमेका थिए। दोश्रो इनिंगसको एक ओभरमा आरसीबीले ७ रन बनाएको छ। यस खेलमा सामेल खेलाडीहरु: सनराइजर्स हैदराबाद : डेविड वार्नर (क्याप्टेन), जानी बेयरस्टो (विकेटकीपर), मनीष पाण्डे, विजय शंकर, प्रियम गर्ग, अभिषेक शर्मा, मिशेल मार्श, राशिद खान, भुवनेश्वर कुमार, टी. नटराजन र सन्दिप शर्मा। रोयल च्यालेन्जर्स(आरसीबी) : एरान फिंच, विराट कोहली (कप्तान), एबी डिविलियर्स, जोश फिलिप (विकेटकीपर), शिवम दुबे, देवदत्त पल्लीकल, वाशिंगटन सुन्दर, नवदीप सैनी, उमेश यादव, डेल स्टेन र युजबेन्द्र चहल।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update