युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नईलाई हराउँदै राजस्थान रोयल्सले विजयी सुरूवात गरेको छ।
राजस्थानले दिएको २१७ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किङ्सले २०० रन मात्र बनाउन सकेपछि राजस्तानको सानदार जित सम्भव भएको हो।
चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाए पनि अन्यले राम्रो रन जोड्न नसक्दा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रनमा समेटियो।
चेन्नईका लागि कप्तान धोनीले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरे पनि टिमलाई जिताउन सकेनन्। १७ बल खेलेका धोनीले २९ रन बनाए। यस्तै सेन वाट्सनले ३३ रन बनाउँदा मुरली विजयीले २१, साम कुरानले १७ तथा केदार जाधवले २२ रन जोडेका थिए।
राजस्तानका राहुल टेवाटियाले ३ विकेट लिए।
यसअघि कप्तान स्टिभ र सञ्जु स्यामसनको उत्कृष्ट अर्ध शतकमा राजस्थान रोयल्सले निर्धारित २० ओभरमा २ सय १६ रन जोडेको थियो।
शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले ७ विकेट गुमाउँदै बिशाल योगफल तयार पारेको थियो। राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । युवा ब्याट्सम्यान सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रन बनाएका स्यामसनले १९ बलमै अर्धसतक पुरा गरेका थिए।
त्यस्तै ओपनर तथा कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्का सहित ६९ रन बनाए।
ओपनर यशस्वी जैसवाल ६ रनमा कट एण्ड बोल्ड आउट भएका थिए।
त्यसपछि दोस्रो विकेटका लागि कप्तान स्मिथ र स्यामसनले १ सय २१ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।
रोबिन उथप्पाले ६ रन बनाउँदा राहुल तेवतिया १० र रियान पराग ६ रनमा आउट भए। आक्रमक ब्याटिङ गरेका जोफ्रा आर्चरले ८ बलमा ४ छक्का सहित २७ रनमा अविजित रहे। टम करन ९ बलमा १ चौका सहित १० रनमा अविजित रहे ।
चेन्नईका लागि पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ४ ओभरमा ४० रन खर्चिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए।
यो सँगै चेन्नईको दोस्रो खेलमा पहिलो हार हो भने राजस्थानको पहिलो खेलमा जित हो।
प्रतियोतामा सर्वाधिक छक्का प्रहार भएका थिए। चेन्नईले १६ छक्का प्रहार गर्दा राजस्तानले १७ छक्का प्रहार गरेका थिए। दुबैले समान ९-९ चौका प्रहार गरेका थिए।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय