स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा भिल्लारियलविरुद्ध ४–० गोल अन्तरको फराकिलो जीत हात पारेको हो ।
बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए भने एक गोल उपहार पाएको हो ।
फातीले खेलको सुरुवाती दुई गोल गर्दै टीमलाई सहज अवस्थामा पुर्याएका थिए । उनले ५ मिनेटको अन्नतरमा दुई गोल गरे । पहिलो गोल खेलको १५ औं मिनेटमा गरे भने दोस्रो गोल १९ औं मिनेटमा गरेका हुन् ।
यस्तै, सुरुवाती दबाबमा परेको भिल्लारियलविरुद्ध कप्तान मेस्सीले खेलको ३५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । विपक्षी टोली भिल्लारियलका खेलाडीले पेनाल्टी क्षेत्रमा बार्सिलोनाका खेलाडीमाथि गलत फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो ।
त्यस्तै, खेलको ४५ औं मिनेटमा भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ४–० गोलको फराकिलो अन्तर बनाएको हो ।
नयाँ प्रशिक्षकका रुपमा रोनाल्डो कोइमयान बार्सिलोना आएपछिको पहिलो खेलमा शानदार जीत हात पारेका छन् । यो सिजन शुरु हुनु अगाडि कप्तान लियोनल मेस्सीले क्लब छाड्न चाहेका थिए । तर, क्लब तयार नभएपछि मेस्सी कानूनी उपचारमा नगई बार्सिलोनामै रहने निर्णय गरेका थिए ।
जीतसँगै बार्सिलोनाले ३ अंक जोडेको छ भने पराजित भिल्लारियलले खराब सुरुवात गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय