स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले फराकिलो जित निकालेको छ । गएराती ग्रानाडासंग भएको खेलमा मड्रिडले ६-१ को गोल अन्तरले जित हासिल गरेको हो ।
डियगो कोस्टा, एन्जल कोरेरा, जाओ फेलिक्स र मार्कोस लोरेन्टेले १-१ गोल गरेका थिए भने डेब्यु खेलमा नै लुईस सुआरेजले २ गोल गरेका थिए । सुआरेज दुई दिन अघि मात्र एट्लेटिको म्याड्रिड प्रवेश गरेका थिए। यसअघि उनि बार्सिलोना बाट खेल्दै आएका थिए।
खेल सुरु भएको ९ औ मिनेटमा नै कोस्टाले गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाए। पहिलो हाफ १ गोलमा मात्र सिमित भएको उक्त खेलमा दोश्रो हाफमा गोलको बर्षात भयो। खेलको ४७ औँ मिनेटमा एन्जल कोरेराले, ६५ औँ मिनेटमा फेलिक्सले र ७२ औँ मिनेटमा लोरेन्टेले गोल गर्दै खेललाई ४-० मा पुराए ।
खेलको ७० मिनेटमा कोस्टाको स्थानमा सुआरेज मैदान प्रवेश गरे। मैदानमा प्रवेश गरेको २ मिनेट मै सुआरेजले गोल गर्दै आफ्नो टिमलाई ५-० को अग्रता दिलाए।
८७ औँ मिनेटमा ग्रानाडाका भिडालले सान्तोना गोल एक गोल फर्काएका थिए। इन्जुरी टाइममा सुआरेजले फेरी एक गोल गर्दै खेललाई ६-१ मा पुराए । यस संगै तीन खेल खेलेको ग्रानाडाले दुई जित र एक हार व्यहोर्दै ६ अंक बटुलेको छ भने म्याड्रिडले लिगको पहिलो खेल नै जित हासिल गर्दै ३ अंक बटुलेको छ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय