साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार तेस्रो जीत निकालेको छ ।
गएराति भएको खेलमा पीएसजीले रिम्सलाई २–० ले हराएको हो । रिम्सको मैदानमा पीएसजीलाई जीत दिलाउन अर्जेन्टिनी खेलाडी दुवै गोल माउरो इकार्डीले गरे ।
पहिलो हाफको नवौं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ६२ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २–० को विजयी भयो ।
पीएसजीको यो सिजनको तेस्रो जित हो । सुरुका २ खेलमा लगातार हार भोगेको पीएसजीले त्यसपछिका ३ खेलमा जीत निकाल्दै ९ अंक जोडेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय