इटालियन सिरी ए फुटबलमा युभेन्टस बराबरीमा रोखिएको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित भएको युभेन्टसले रोमासँग २–२ गोलको बराबरी खेलेको हो ।
युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए ।
रोनाल्डोले पेनाल्टीमै ४४ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाएका थिए ।
तर ६९ औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै युभेन्टसलाई पुनः बराबरीमा ल्याए । एड्रियन राबोट ६२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सीमित भएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय