इंगलिस प्रिमियर लिगमा लेस्टर सिटीले म्यानचेस्टर सिटीमाथि जित हासिल गरेको छ। गएराति भएको लेस्टर सिटी र म्यानचेस्टर सिटी बीच भएको खेलमा म्यानचेस्टरले ५–२ को लज्जास्पद हार व्यहोरेको हो।
खेलमा लेस्टरका जेमी भार्डीले ह्याट्रिक गरेका थिए भने जेम्स म्याडिसन र योउरी टेलेम्यान्सले १-१ गोल गरेका थिए। त्यस्तै सिटीको तर्फ बाट रियाद महरेज र नाथन अकेले गोल फर्काएका थिए।
खेल सुरु भएको ४ औं मिनेटमा नै महरेजले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरै वेर टिक्न सकेन। खेलको ३७ औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा बराबरीमा पुराए।
दोश्रो हाफको ५४ औं मिनेटमा भार्डीले फेरी अर्को गोल गर्दै खेललाई २-१ को अग्रता दिलाए । भार्डी यतिमा मात्र रोकेनन । उनले दोश्रो गोल गरेको ४ मिनेट पनि बित्न नपाउदै पेनाल्टीमार्फत फेरी अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । उनको गोल पश्चात ३-१ को अग्रता लिएको लेस्टरले फेरी ७७ औं मिनेटमा र ८४ औं मिनेटमा थप दुई गोल थपे । म्याडिसनले र नाथनले गरेको गोलले खेललाई ५-१ मा पुरायो । खेलको ८८ औं मिनेटमा यउरीले पोनाल्टीमार्फत एक गोल गरेर गोल अन्तर घटाए।
यस संगै लेस्टर सिटीले तीन खेलमा जित निकाल्दै अंक तालिकामा ९ अंक बटुलेको छ भने दुई खेल खेलेको सिटीले ३ अंक जोडेको छ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय