हिमाल दैनिक
युएईमा हुने भयो आइपिएल !
DMIPL16559-1024x682

कोरोना भाइरसका कारण स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० को आयोजना युएईमा हुने भएको छ।

आइपिएल गर्वर्निङ काउन्सिलका चेयरम्यान बृजेश पटेलले आइपिएल युएईमा गर्न सरकारसँग अनुमति मागिएको बताएका छन् ।

यस बर्षको टी-२० विश्वकप स्थगित भएपछि सम्भवत सोहि समयमा आइपिएलको आयोजना हुने चर्चा शुरु भएको छ ।

पटेलले भारतीय समाचार एजेन्सी पिटीआइसँग कुरा गर्दै आइपिएल युएईमा हुने र त्यसका लागि आवश्यक अनुमतिको आवेदन सरकारलाई पठाइएको बताएका छन् ।

उनले मैदानमा दर्शक जान नपाउने हुनाले जुन देशमा भएपनि खासै फरक नपर्ने पटेलले बताएका छन् । भारतमा कोरोना तिब्र गतिमा बढिरहेकाले भारत बाहिर आइपिएल हुने बारेमा बोर्डले सम्भवत यसै साता औपचारिक निर्णय लिने बताइएको छ ।

आइपिएल आयोजनाका लागि श्रीलंका, युएई, न्युजील्याण्ड, दक्षिण अफ्रीका जस्ता देशहरुले इच्छा देखाएपनि समय र व्यवस्थापनका हिसाबले बोर्ड युएईमा आयोजना गर्ने निर्णयमा पुगेको बताइएको छ । पटेलले आइपिएलका यस अघि हुदै आएका सबै ६० खेल नै हुने बताएका छन् ।

पटेलले कम्तिमा तीन साता अभ्यासको समय दिएर आइपिएलको मिति सार्बजनिक गरिने बताउदै मिति घोषणा हुनसाथ आइपिएलको सम्पूर्ण कार्यक्रमलाई अन्तिम रुप दिने बताएका छन् ।

मैदानमा दर्शक नाउने हुनाले फ्रेन्चाईजीलाई भने यस सिजनमा ठुलो घाटा हुने भएको छ । अहिले फ्रेन्चाईजीलाई हुने घाटा भारतीय क्रिकेट बोर्डले कसरी गर्छ भन्ने चर्चा चलेको छ भने खेलको कमेन्ट्री कसरी गर्ने भन्ने पनि प्रश्न उठेको छ । बढी उमेरका पूर्व क्रिकेटर एवं कमेन्टेटरहरुलाई घरबाटै लाइभ कमेन्ट्री गर्ने व्यवस्था मिलाउने बारे छलफल भएको बताइएको छ ।

क्रिकेट विश्वकप स्थगित भएपनि आइपिएल हुने खबरले भने क्रिकेटप्रेमी अलिकति भएपनि उत्साहित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update