हिमाल दैनिक
कास्कीको अन्नपूर्ण गाउँपालिकामा ‘एक पालिका एक खेलमैदान’ कार्यक्रमअन्तर्गत निर्माण भइरहेको स्थानीय माछापुच्छे« माविको खेलमैदानलाई पुनः डिजाइन गरिने भएको छ । खेल मैदान स्तरोन्नतिका क्रममा गलत इञ्जीनियरिङ भएको छ भन्दै स्थानीय युवाले आवाज उठाएपछि उक्त डिजाइन फेर्न तयार भएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँले युवाले सचेत पालिकावासीको भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा पनि गाउँपालिकाका हरेक गतिविधिमा चासो दिई रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो । स्थानीय युवाले निर्माण जारी रहेको उक्त स्थानमा चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण छेकिएर दर्शकले प्यारापिटबाट खेलमैदानका केही भाग देख्न नसक्ने अवस्था बन्नेतर्फ सचेत गराउँदै आएका थिए । गाउँपालिकाको गौरवको आयोजना भएकाले थप बिग्रन नदिन आवाज उठाएइको स्थानीय सिम्पालीका शिव सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कसैको विरोध गरेको होइन, गलत काम भइरहेको छ भनेर खबरदारी मात्रै गरेका हौँ, खबरदारी गर्दागर्दै पनि निर्माण जारी रहेकाले त्यस्तो काम रोक्नुपर्ने हाम्रो आवाज थियो ।” पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारसहितको टोलीले निर्माणाधीन उक्त खेलमैदानको आज अवलोकन गरेको छ । अवलोकनपछि खेल तथा दर्शकमैत्री मैदान बनाउने सिलसिलामा डिजाइन पुनः परिमार्जन गर्ने सहमति भएको वडा नं २ का वडाध्यक्ष चूडामणि अधिकारीले जानकारी दिनुभयो । “प्यारापिटमा बसेर हेर्दा सातदेखि १० प्रतिशत मैदान छेकिने रहेछ, त्यो हामीले पनि महसुस ग¥यौँ”, वडाध्यक्ष अधिकारीले भन्नुभयो । मैदानको गाउँपालिकाका इञ्जिनीयर राजन गौतमले डिजाइन गर्नुभएको थियो । मैदान निर्माणका लागि सङ्घीय सरकारको युवा तथा खेलकूद मन्त्रालयबाट रु ५० लाख तथा गाउँपालिकाको रु पाँच लाख बजेट विनियोजन भएको छ । मैदानको उत्तरपट्टि निर्माण भइरहेको छ । त्यसअन्तर्गत बीच भागमा चेञ्जिङ रुम तथा कार्यक्रम हल निर्माण जारी थियो । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update