अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीको संकटका बीच पनि बजेट कार्यान्वयन सन्तोषजनक रहेको दावी गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उनले आर्थिक वर्ष २०७६÷७७ को समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेको उल्लेख गरे ।
समग्रमा ७१ प्रतिशत बजेट खर्च भएको उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा कुल ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । उनले गत आर्थिक वर्षमा चालू खर्चमा बढी रकम खर्च भएको भन्दै यसबाट आर्थिक वृद्धिमा असर गरेको बताए । उनले केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको २.३ प्रतिशत हाराहारी नै आर्थिक वृद्धिदर कायम हुने धारणा राखे । उनले अर्थक्षेत्रलाई सुधार गरेर अघि बढ्न र जनतासंग गरेका प्रतिवद्धताहरुपनि निरन्तर पुरा गर्न तयार रहेको बताए ।
बैठकमा सांसदहरुले अर्थतन्त्रलाई लुटतन्त्र नबनाउन आग्रह गरे । पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अहिलेको अर्थतन्त्र सहि दिशामा नगएको तर्क गरे ।
सांसदहरुले बाढी पहिरो लगाएतको समस्यामा पनि सरकार पूर्वतयारी अवस्थामा रहनुपर्ने बताउदै देशको बिकासको उचित मोडल अघि सार्नुपर्ने बताएका थिए ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय