हिमाल दैनिक
मुक्त कमलरीहरुको बिद्यमान अवस्था जानकारी गराउन थारु आयोगलाई निर्देशन
mahila samiti
प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिले मुक्त कमलरीहरुको बिद्यमान अवस्थाका बारेमा अध्ययन गरि जानकारी गराउन थारु आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले थारु आयोगको बार्षिक प्रतिवेदनमाथि छलफल गर्दै मुक्तकमलरीहरुको बिद्यमान अवस्थाका सम्बन्धमा विवरण पेश गर्न आयोगलाई निर्देशन दिएको हो । बैठकले थारु समुदायको उत्थानका लागी एकीकृत राण्नीति तयार गर्न र बिभेद हिंसा अन्त्य गर्न नीतिगत कार्ययोजना बनाउन पनि निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिईन । त्यस्तै थारु समूदायभित्रका जात जातिहरुलाई बैज्ञानिक रुपमा सुचिकृत गर्न पनि बैठकले निर्देशन दिएको छ भने थारु समूदायमा बंशानुगत रुपमा रहेको सिकलसेल एनिमिया नियन्त्रणका लाति बैज्ञानिक रुपमा अध्ययन गर्नका लागि यसै आर्थिक बर्षभित्र अध्ययन सुरु गर्न पनि निर्देशन दिइएको सभापति पालले जानकारी दिईन । बैठकमा थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद चौधरीले थारु समूदायसंग जोडिएको आयोगले बिभिन्न काम गरेको बताए । उनले थारु समूदायले कार्यक्रम गर्दा आयोगसंग बजेट माग हुने गरेको तर आयोगले आर्थिक सहायता गर्न नसक्दा समस्या परेको जिकिर गरे । बैठकमा समिति सदस्यहरुले बिभिन्न आयोगहरु गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताए । उनीहरुले आयोग गठन भएपनि बिभिन्न कारणले निष्कृय देखिएको समेत धारणा राखेका थिए ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update