प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक महत्वका स्थानहरुको संरक्षण र सम्वद्र्धनका लागि गुरुयोजना बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले पुरातत्व महत्वका सम्पदाहरु प्राचिन स्मारकको संरक्षण र खोज अनुसन्धान गरि गुरुयोजना निर्माणमा पुरातत्व बिभागको सहभागीता अनिवार्य गर्दै युनेश्कोको मापदण्डभित्र रही कार्य अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले संविधानमा उल्लेखित तीन तहको साझा अधिकारको क्षेत्रभित्र रही संघ प्रदेश र स्थानीय तहसंगको समन्वय र सहकार्य गरि पुरात्वात्विक महत्वका सम्पदाहरुको संरक्षण र सम्बद्र्धन समयानुकुल ढंगले बिकास गर्दै लैजाने कार्य योजना बनाउन पनि निर्देशन दिएको छ । बैठकले पशुपति, चाँगुनारायण, लुम्विनी लगाएतका धार्मिक स्थानको जग्गा अतिक्रमण भए नभएको यकिन गर्दै अतिक्रमण भएको भए सम्बन्धीत निकायको जिम्ममा लगाउने कार्य अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रत्येक प्रदेशको सांस्कृतिक चाड राज्यकै तर्फबाट मनाउने योजना गरेको बताए । उनले काठमाडौंमा सास्कृतिक संग्रहालय निर्माणको कार्य अघि बढेको जानकारी दिए ।
सांसदहरुले सांस्कृतिक महत्वका क्षेत्रलाई बिकास गर्दै धार्मिक पर्यटनलाई बढावा दिनुपर्ने धारणा राखेका थिए । उनीहरुले नेपालको संस्कृतिको बारेमा जानकारी गराउने गरि संग्राहलय निर्माणमा पनि जोड दिएका थिए ।
बैठकले परम्परागत सीप र कलालाइ नयाँ पुस्तामा हस्तान्तरण गर्न बिद्यालय तथा बिश्वबिद्यालयको पाठ्यक्रम बिकास गर्दै लैजान पनि सरकारलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय