अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगले निष्पक्ष ढंगले काम गरेको दावी गरेका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त घिमिरेले आफन्तलाई पनि नछाडेको भन्दै आफ्नो जिम्मेवारी पूरा निष्पक्ष ढंगले पुरा गरेको दावी गरेका हुन् ।
घुस मागेको र दिएको भनेर पीडित अख्तियारमा गएमा आयोगले मन्त्री र सचिवलाई पनि नछाड्ने बताए। प्रमुख आयुक्त घिमिरेले सर्वसाधारणको सरोकार जोडिएको बैंक, वित्तिय क्षेत्र, सहकारी, विमा लगातका क्षेत्रमा हुने भ्रष्टाचार अख्तियारलाई हेर्ने जिम्मा दिन आग्रह गरे । प्रमुख आयुक्त घिमिरेले भ्रष्टचार गर्ने स्थानीय तहका अधिकारीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिए । देश विकासका लागि भनेर अरबौं रुपैयाँ बजेट भएका गैरसरकारी निकायमा हुने भष्ट्राचार हेर्न दिन उहाले आग्रह गरे । उनले आयोग सरकारको छाँया नभएको भन्दै दृढतापूर्व आयोगले काम गरिरहेको दावी पनि गरे ।
बैठकमा समिति सदस्यहरुले आयोगले साना माछालाई मात्र समात्ने गरेको बताएका थिए । उनीहरुले राजनीतिक केन्द्रमा हुने भ्रष्टचारलाई आयोगले ध्यान दिनुपर्ने धारणा पनि राखेका थिए । अख्यितारलाई कुनै पनि प्रभावबाट मुक्त गर्नुपर्ने , स्थानीय तहमा देखिएका अनियमतातर्फ अनुसन्धान गर्नुपर्ने लगाएतका सुझाव उनीहरुले दिएका थिए ।
गत आर्थिक बर्षमा गरेका कामकारवाहीका बारेमा समितिलाई जानकारी गराउदै अख्तियारले गत आर्थिक वर्षमा ४ सय ४१ वटा मुद्धा दायर गरेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय