हिमाल दैनिक
राष्ट्रियसभा समितिको ४ रिक्त सभापति पदमा परशुराम,तारादेवी, दिलकुमारी र बिडारीको उम्मेदवारी दर्ता
rastriy
संघीय संसद अन्तर्गतको राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि उम्मेद्वारी दर्ता भएको हो । संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले साउन २३ गते दिउँसो १ बजे निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिए । समितिमा एकमात्रै उम्मेवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने र एक भन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया मार्फत सभापति छनोटको गरिने संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update