सांसदहरुले सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमा अभिव्यक्त गरेको भनाईप्रति आपत्ती जनाएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले सरकारको कमजोरी लुकाउन मन्त्रीहरुले अरुमाथि आक्षेप लगाउने गरेको आरोप समेत लगाए ।
बैठकमा सांसद देवेन्द्रराज कडेलले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चर्को आलोचना गरे । उनले सरकारले चाहेको जस्तो काम नगर्ने तर आलोचना भने अर्कामाथि थुपर्ने काम गरेको धारणा राखे । उनले स्वास्थ्य मन्त्रीले अरुको मति सप्रियोस भन्नु पहिले आफ्नो मति ठिक छ वा छैन भनेर प्रश्न गरेका थिए। 'जुन मन्त्रालयले भ्रष्टाचार गर्यो, ओम्नी समूहलाई जसले कालो सुचीमा राख्ने भनेर कुरा उठाउने अहिले त्यसैलाई संरक्षण दिने, अनि मति सप्रियोस भनेर शुभकामना दिने। यस्ता स्वास्थ्यमन्त्रीको मति सपार्न पनि यहाँ बोलाउनुपर्छ' उनले भने।
https://www.youtube.com/watch?v=coCknysOrrU&feature=youtu.be
मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल कार्यक्रममा मन्त्री ढकालले मति बिग्रिएकाहरुका लागि पनि यो महामारीविरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहेको अभिव्यक्ति दिएका थिए।
त्यस्तै सांसद यशोधा सुवेदीले पनि सरकारको तर्फबाट बोल्ने व्यक्तिहरुमा लगाम लगाउनुपर्ने तर्क गरिन् । उनले खोसीएका जमिन फिर्ता गर्नुपर्नेमा जनताको घरमाथि आगो लगाउने काममा सरकार व्यस्त भएको तर्क गरिन् ।
उनले जनताको घर भत्काएर राजाको दरवार बनाउने काममा सरकार लागेको टिप्पणी पनि गरिन् ।
यो पनि पढ्नुहोस् : प्रसूति गृह पुगेर स्वास्थ्य मन्त्रीले भनेः मति बिग्रीएकाहरुको मति सुध्रियोस् |
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय