हिमाल दैनिक
भारतका गृहमन्त्री अमित शाहमा देखियो कोरोना
amit-shah
भारतका केन्द्रिय गृहमन्त्री अमित शाहमा कोरोनाको संक्रमण देखिएको छ। यो कुराको पुष्टि गृहमन्त्री शाहले आफ्नो ट्वीटर मार्फत गरेका हुन्। ट्वीटर मार्फत कोरोना संक्रमणको सामान्य लक्षण देखेपछि परिक्षण गर्दा उनमा कोरोनाको संक्रमण देखिएको बताए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह बमोजिम अस्पतालमा भर्ना भएको समेत जानकारी दिए। उनले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सेल्फ आइसोलेसनमा बस्न समेत आग्रह गरेका छन्। त्यस्तै सबै सम्पर्कमा आएका सबै ब्यक्तिलाई परिक्षण गर्न समेत आग्रह गरेका छन्। आजै भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमल रानी वरुणको मृत्यु भएको थियो । उत्तर प्रदेशकी मन्त्री बरुणको आइतबार बिहान ९ः३० बजे उपचारका क्रममा लखनऊको सञ्जय गान्धी पोष्टग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमहरुले बताएका छन्। ६२ वर्षीया मन्त्री वरुणलाई कोरोना भाइरस पोजेटिभको संक्रमण पुष्टि भएपछि जुलाइ १८ मा उनी अस्पताल भर्ना भएकी थिइन्। उत्तर प्रदेशको प्रविधि शिक्षामन्त्री रहेकी वरुण कोरोनाबाट मृत्यु हुने पहिलो मन्त्री हुन्। पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update