हिमाल दैनिक
भारतमा विमान दुर्घटना हुदाँ दुई पाइल सहित २० जनाको मृत्यु
air india
भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा दुई पाइलट सहित २० जनाको मृत्यु भएको छ। दुबईबाट आएको एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार जहाज अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् । भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो । हवाईजहाजमा चालक दलका सदस्यसहित १९१ जना सवार थिए । २० जना घाइते गम्भीर अवस्थाका छन् । सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए । दुर्घटना भएपनि विमानमा आगो लागेको थिएन । केही दिनयता केरलामा भारी वर्षा, बाढी र पहिरो गइरहेको छ ।एजेन्सी
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update