संयुक्त राष्ट्रसंघले बेरुतमा भएको भिषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघलाई कुनै अनुरोध नआएको जनाएको छ ।
गत मंगलबार भएको सो भिषण विस्फोटबाट कम्तीमा पनि १५० जनाको ज्यान गएको छ । सो घटनामा परी अरु करिब पाँच हजार जना नराम्ररी घाइते भएका छन् । यस घटनालाई लेबनानको इतिहासमा नै एक खतरनाक घटनाका रुपमा लिइएको छ । सो विस्फोट राजधानी बेरुतमा रहेको एक गोदाममा राखिएका रासायनिक पदार्थहरुका कारण भएको बताइएको छ ।
यसको थप अनुसन्धान गर्नुपर्ने बताइएको छ । त्यसैले सो अनुसन्धानका लागि आफूहरुलाई अनुरोध नआएको संयुक्त राष्ट्रसंघका एकजना सहायक प्रवक्ताले बताएका छन् ।
राष्ट्रसंघका सहायक प्रवक्ता फराहन हकले सो कुराको जानकारी दिएका हुन् । उनले भने– हामीलाई बेरुतमा भएको सो दुर्घटनाको बारेमा अनुसन्धान गर्न लेबनान सरकारबाट कुनै आग्रह आएको छैन ।
तर यस घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ भने तयार रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान गर्न र आवश्यकता अनुरुप सहयोग गर्न तत्पर रहेको पनि सहायक प्रवक्ता हकले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय