हिमाल दैनिक
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीमा पनि देखियो कोरोना
pranab-mukharji
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीमा कोरोनाको संक्रमण देखिएको छ। सोमबार बिहान पूर्व राष्ट्रपति मुखर्जीले आफ्नो ट्वीटरमार्फत यस कुराको पुष्टि गरेका हुन। https://twitter.com/CitiznMukherjee/status/1292726865984024577?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1292726865984024577%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2F ट्वीटरमा उनले स्वास्थ्य परिक्षण गर्दा आफुमा पनि संक्रमण देखिएको जानकारी दिएका छन्। अघिल्लो हप्ता उनको सम्पर्कमा आएका सबैलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोनाको जाँच गराउन पनि सुझाब दिएका छन्। केहि दिन अघि भारतका गृहमन्त्री अमित शाहमा पनि संक्रमण देखिएको थियो। भारतमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गइराखेको छ। भारतमा हालसम्म २२ लाख १७ हजार ६४५ मा संक्रमण देखिएको छ भने अहिलेसम्म कुल ४४ हजार ४९९ जनाको मृत्यु भईसकेको छ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update