हिमाल दैनिक
मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमित बढ्दै
maldives
दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका प्राप्त समाचारमा जनाइएको हो । यहाँ कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरुले जनाएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार यहाँ संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७७९ पुगेको छ । यहाँका संक्रमितमध्ये ४ हजार २२२ जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५३२ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् । अधिकारीहरुले यहाँ बाहिरबाट आएका व्यक्तिहरुबाट कारोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् । –––
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update