भारतमा एकै दिनमा ९५ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा भारतमा ९५ हजार ५२९ नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा एकै दिन यति धेरैमा संक्रमण देखिएको यो पहिलो पटक हो। यस भन्दा अघि सेप्टेम्बर ६ तारिकमा भारतमा ९१ हजार ७२३ जना संक्रमित थपिएका थिए।
त्यस्तै २४ घन्टामा १ हजार १६८ जनाको मृत्यु भएको छ। बुधबार भारतको राजधानी दिल्लीमा ४ हजार ३९ नयाँ संक्रमण थपिएका थिए। दिल्लीमा मात्र अहिले सम्म २ लाख १ हजार १७४ जनामा संक्रमण देखिएको छ भने १ लाख ७२ हजार ७६३ जना निको भएका छन्।
हाल सम्म भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६५ हजार ८६३ पुगेको छ भने यस बाट अहिलेसम्म ७५ हजार ९१ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट प्रभावित हुने भारत दोश्रो राष्ट्र हो।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय