हिमाल दैनिक
भारतका केन्द्रिय गृहमन्त्री अमित शाहलाई अस्पताल भर्ना गरिएको छ। गृहमन्त्री शाहलाई गएराति एम्समा भर्ना गरिएको भारतीय संचार मध्यमले जनाएको छ। आज एम्स अस्पतालले प्रेस बिज्ञप्ति जारी गर्दै उनलाई मेडिकल चेकअपका लागि भर्ना गरिएको बताइएको छ । उनलाई एक दुई दिन अस्पतालमा राखिने बताइएको छ। ५५ बर्षिय शाहलाई अगस्त २ मा कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभ देखिएसंगै उनलाई मेदानता अस्पतालमा भर्ना गरिएको थियो। अगस्त १४ मा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। अगस्त १८ गते उनलाई पोस्ट कोबिड केयरका लागि उनलाई एम्समा भर्ना गरिएको थियो।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update