भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानमा ड्रग्स एङ्गलबाट जाँच हुँदै गर्दा सोमबार भारतको लोक सभामा यो कुराले प्रवेश पाएको छ।
कोरोनाको कहरबीच भारतमा सोमबारबाट सुरु भएको लोकसभाको मानसून सत्रको शुन्य समयमा भाजपा (भारतीय जनता पार्टी) का सांसद रवि किशनले उक्त मुद्दा उठाएका हुन्। लोकसभामा भाजपाको गोरखपुरबाट सांसद भएका रवि किशनले बलिउडमा ड्रग्सको बिषयबारे गम्भीरतापूर्वक जाँच हुनुपर्ने माग गरेका छन्।
उनले पछिल्लो समय लागु औषधको तस्करी बढ्दै गरेको बताए। उनले देशका युवाहरुलाई कुलतमा फसाउन छिमेकी राष्ट्रको चलखेल रहेको बताए। हरेक बर्ष पाकिस्तान र चीनबाट भारतमा भारी मात्रामा लागु औषधको तस्करी भएको उनले बताए। उनले उक्त पदार्थ पंजाब र नेपालबाट भारत भित्रिने गरेको बताए।
बलिउडमा लागु औषधको सेवन हुने गरेको बताउँदै उनले यस बारेमा केन्द्रिय सरकारले यस बारे अनुसन्धान गरेर दोषी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय