हिमाल दैनिक
अब अमेजन एलेक्साको स्वर अमिताभ बच्चनको हुने
amitabh-bacchan
भारतीय अभिनेता अमिताभ बच्चनको आवाज अमेजन(Amazon)को असिस्टेसको रुपमा प्रयोग गरिने भएको छ। अमेरिकन ई-कॉमर्स साइट अमेजन र अमिताभ बच्चनबीचको सम्झौता गरिएको घोषणा अनुसार अब भारतीय युजर्सलाई एलेक्सा(Alexa)को स्वर अमिताभ बच्चन हुनेछन । सम्झौता अनुसार अब २०२१ बाट यो पेड सेवा सुरु हुनेछ। अमेजनको ग्याजेटमा भने उनको स्वर प्रि- भ्यु गर्न सकिनेछ । अमिताभ एलेक्साको आवाज बन्ने उनि पहिलो भारतीय हुन्। टेक्नोलोजीले उनलाई सधै नयाँ रुपमा ढाल्दै आएको उनि बताउँछन्। फिल्म, टिभी शो, पोड काष्ट हुँदै अब अमेजनसंग एलेक्साको आवाज बन्न पाएको आफु उत्साहित भएको उनले बताए। अमिताभ भन्दा पहिले सैमुअल एल जैक्सन एलेक्साको आवाज बन्ने पहिलो सेलिब्रेटी थिए। सन् २०१९ को सेप्टेम्बरमा जैक्सन एलेक्सा सेलेब्रिटीका रुपमा परिचय गरिएको थियो। जैक्सन एलेक्सा अंग्रेजी यूएसमा मात्र उपलब्ध छ ।
[caption id="attachment_22791" align="alignnone" width="630"] सैमुअल एल जैक्सन एलेक्साको आवाज बन्ने पहिलो सेलिब्रेटी थिए।[/caption] अमेजनका अनुसार अब भारतमा एलेक्साको रुपमा अमिताभको स्वर हुनेछ । प्रि-भ्यु सुन्दा उनको स्वर हिन्दीमा हुनेछ । अंग्रेजीमा हुन्छ वा हुन्न भने कुराको पुष्टि भने अमेजनले गरेको छैन। एलेक्सा अमेजन इको डिवाइस, फायर टीवी स्टिक र अन्य थर्ड पार्टी फोन, ब्लूटूथ स्पीकर, हेडफोन, वॉच र टीवी पर उपलब्ध छ । एन्ड्रोइडमा एलेक्सा ऐप वा अमेजन ऐपको माध्यमबाट उपलब्ध गरिएको छ।।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update