हिमाल दैनिक
सांसदहरुले अवैध रुपमा अन्य देशमा रहेका नेपाली घरेलु कामदारलाई स्वदेश फर्काउनुपर्ने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले अवैध रुपमा अन्य देशमा रहेका नेपालीहरुले दुख पाएको भन्दै उनीहरुलाई स्वदेश फर्काउनुपर्ने बताए । नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएपनि म्यानपावर कम्पनीहरुले बिभिन्न प्रक्रियाबाट उनीहरुले पठाउने गरेको भन्दै यसमा अन्य देशमाा रहेका नेपाली दुतावासहरुले ध्यान दिनुपर्ने बताए । बैठकमा सांसद भिमसेनदास प्रधानले घरेलु कामदारमा महिलालाई पठाउनुपर्छ भन्ने माग कतैबाट पनि नआएको बताउनुभयो । अव सरकारले महिला घरेलु कामदार पठाउन रोक्नुपर्ने उहाको भनाई छ । त्यस्तै सांसद सोम प्रसाद पााण्डेले अवैध रुपमा घरेलु कामदार पठाउने म्यानपावरलाई कारवाही गर्नुपर्ने बताए । त्यस्तै सांसद सुजाता परियारले खाडी मुलुकका केहि देशमा कम्पनी बन्द भएर नेपालीहरु अलपत्र परेको भन्दै सरकारले प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्नुपर्ने बताईन । त्यस्तै भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका बिभिन्न देशमा रहेका नेपाली राजदूतहरुले अझैपनि उद्धार गर्नुपर्ने नेपालीको संख्या धेरै रहेको बताए । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले श्रमिकको उद्धारका लागि चार्टर्ड फ्लाइटबाट मात्र सम्भव नदेखिएको बताए । उनले कतारमा १६ हजार भन्दा बढी नेपाली स्वदेश फर्किने प्रतीक्षामा रहेको बताए ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update