हिमाल दैनिक
कोरोनाका कारण भारतीय रेल राज्यमन्त्री सुरेश अंगड़ीको निधन
angadi_1600876823
भारतीय रेल राज्यमन्त्री सुरेश अंगड़ी कोरोनाका कारण मृत्यु भएको छ। ६५ बर्षिय अंगड़ी बुधबार दिल्लीको एम्स अस्पतालमा उपचारका क्रम मृत्यु भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्तकुराको खुलासा गरेका हुन् । उनमा भदौ २६ गते कोरोना पुष्टि भएको थियो। उनलाई उपचारका लागि एम्समा भर्ना गरिएको थियो। अंगड़ी लोकसभा साम्सद हुन्। उनि कर्नाटकको बेलगामबाट चुनाव लडेका थिए। https://twitter.com/narendramodi/status/1308796654364037120?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1308796654364037120%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fwww.aajtak.in%2Findia%2Fnews%2Fstory%2Fmos-railways-suresh-angadi-no-more-tested-positive-for-covid-19-admitted-aiims-1134559-2020-09-23 कोरोना संक्रमणका कारण यसअघि भारतका प्रदेशका मन्त्रीहरुको पनि निधन भइसकेको छ। भारतमा पूर्व राष्ट्रपति प्रणव मुखर्जीको पनि कोरोना संक्रमणपछि निधन भएको थियो। भारतमा हाल ७० लाख मानिस कोरोना संक्रमित भएका छन्। भारत कोरोना संक्रमणमा सबैभन्दा बढी प्रभावित विश्वको दोस्रो मुलुक हो। अमेरिका पहिलो स्थानमा छ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update