हिमाल दैनिक
अमेरिकामा पहिलो प्रेसिडेशियल डिबेट
presidental-debate
अमेरिकामा राष्ट्रपति पदका दुई उम्मेदवारबीच पहिलो प्रेसिडेशियल डिबेट भएको छ। राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच ओहायोको क्लीवल्याण्डमा डिबेट भएको थियो। ९० मिनेट चलेको उक्त बहसमा बाइडेनले कोरोना भाइरससंग लड्न ट्रम्पको कुनै रणनीति नभएको आरोप लगाए। यसको जवाफमा ट्रम्पले यदी बाइडेन राष्ट्रपति भएको भए अहिलेसम्म २० करोड मानिसको ज्यान गईसक्ने बताए । आजको डिबेट फक्सले आयोजना गरेको थियो। यसलाई क्रिस वालेसले संचालन गरेका थिए। यस अघि सन् २०१६ मा ट्रम्प र हिलेरी क्लिटन बीचको पहिलो डिबेट पनि उनले नै संचालन गरेका थिए। कोरोनाका कारण यस बर्षको डिबेट सामाजिक दुरी कायम गरेको देखिन्थियो। डिबेटमा ट्रम्पका श्रीमती मेलानिया र उनकी छोरी इवाका पनि समिल थिए । ट्रम्प र बाइडेन आज ६ मुद्दामा बहस चल्यो । राष्ट्रपतिका दुवै उम्मेदवारको रेकर्ड, सुप्रीम कोर्ट, कोरोनावायरस, अर्थतन्त्र, नस्लवाद-हिंसा र चुनावी अखण्डता गरि ६ बिषयमा डिबेट भएको छ । डेमोक्रेट उम्मेदवार बाइडेनले सुप्रिम कोर्टमा एमी कोने बैरेटलाई जर्ज नियुक्ति गरेकोमा आपति जनाएका छन् । अहिले चुनावी माहोलमा यसरी नियुक्ति गर्नु ठिक नभएको उनले बताए। यसको जवाफमा राष्ट्रपतिले कसलाई निक्युती गर्ने भन्ने अधिकार राष्ट्रपतिसंग रहेको ट्रम्पले बताए। सामान्यता: राष्ट्रपतिले गरेको यस्ता निक्युतीहरुलाई सिनेटले मन्जुरी दिनुपर्छ । डिबेटमा बाइडेनले बोलिराखेका बेला ट्रम्पले बोल्न खोजेपछि शटअप म्यान भन्दै उनलाई चुप बनाए । यसबेला सुप्रिम कोर्ट कै बिषयमा बहस चलिराखेको थियो। बाइडेनले सुप्रीम कोर्टमा एमी कोने बैरेटको नियुक्तिको विरोध गर्ने क्रममा ट्रम्पले तत्काल बराक ओबामाको कार्यकाल भएको घटनालाई अघि सारेपछि उनले ट्रम्पलाई शटअप सम्म भन्न भ्याए। ट्रम्पले भने 'मसंग बहुमत छ। चार बर्ष पहिले सिनेटको बहुमत हासिल गरेका मिच मैक्डोनेलले मेरिक गारल्याण्डलाई सुप्रिम कोर्टको जर्जमा नियुक्ति दिएनन। त्यसबेला तपाइकै पार्टीका बराक ओबामा राष्ट्रपति थिए। ' त्यस्तै कोरोना भाइरसको सन्दर्भमा बाइडेनले अमेरिका जस्तो विकसित राज्यमा २ लाख जनाको ज्यान जानु लाजस्पत रहेको बताए । ट्रम्प र उनको प्रशासन संग यस संग लड्ने कुनै रणनीति नरहेको उनले बताए। फरवरीसम्म ट्रम्पलाई यस भाइरसको प्रकोप बारे कुनै अन्दाजा नभएको बताए। उनले भन, ' यससमय राष्ट्रपति भएको भए म स्वास्थ्य कर्मी र जनता दुवैको ज्यान बचाउथे। ' 'मैले चीनको कारण कोरोना फैलियो भने त्यसमा के गलत भयो?' ट्रम्पले भने। कोरोना रोकथामका लागि उनले र उनको पार्टीको सरकारले प्रशंसनीय कम गरेको दाबी गरे । उनले बाइडेनलाई भने, 'अब केहि हप्तामै हामी संग यसको खोप हुन्छ। म चुनौती दिन्छु यो समयमा मैले जति गरेको काम तपाइले गर्न सक्नु हुन्दैन । तपाई राष्ट्रपति भएको भए अहिलेसम्म २० करोड मानिसको ज्यान गैसक्थ्यो। '
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update