नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै नेपाली बजारमा एन्ड्रोईड टिभी भित्राएको छ।
गुगलबाट मान्यता प्राप्त एन्ड्रोईड टिभीलाई सि.जी. समूहले नेपाली बजारमा आफ्नो नयाँ ब्राण्डको रुपमा ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाईएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो।
गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्नेदेखी सम्पूर्ण सफ्टवेयरको समस्याहरुको समाधान गुगलले नै गर्ने गर्दछ। यस गुगल एन्ड्रोइड टिभीमा एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड पाई (Android Pie 9) प्रयोग भएको छ।
बेजल लेस युक्त यो टिभी धेरै भन्दा धेरै विशेषताहरुले भरिपूर्ण भएको कम्पनीको दाबी छ। गुगलबाट मान्यता प्राप्त भएको कारण अब उपभोक्ताले यो टिभीको माध्यमबाट हरेक काम सजिलैसंग गर्न सक्ने बताइएको छ।
यो टिभी सि.जी.ले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर बनाएको पनि उल्लेख छ। उक्त ब्राण्डको टिभी उपभोक्ताले आफ्नो बजेटको क्षमता र चाहना अनुसार विभिन्न साईजहरुमा किन्न सक्ने छन्। योे टिभीका उत्पादनहरु बजारमा ३२ इन्चदेखि ७५ इन्च सम्ममा उपलब्ध हुने बताइको छ।
साथ साथै यो टिभीसँगै कम्पनीले एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपभोक्तालाई उपलब्ध गराउनले छ।
यो रिमोटको सहायतामा दर्शकले बोलेरै लेख्न, अवाज कम वा बढी गर्न, टिभी बन्द गर्न आदि जस्ता थुप्रै काम गर्न सक्ने विशेषता रहेका छन्।
यसको प्रमुख विशेषताहरुमा गुगल असिस्टेन्ट रहेको छ। जसको मद्दतले दर्शकले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइक मर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँ को बाटो पत्ता लगाउने आदि इत्यादी कार्य गर्न सकिन्छ।
त्यस्तै अर्को प्रमुख विशेषतामा क्रोमकास्ट रहेको छ। यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले उपभोक्ताले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेमहरू टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सक्नेछन्।
कास्ट बटनको केवल एक प्रयोगले युट्यूब, फेसबुकको भिडियो टिभी स्क्रिनमा हेरी मजा लिन सकिने छ। त्यसैगरि गुगल प्लेस्टोरको माध्यबाट नयाँ नयाँ एप र गेम रोजी रोजी डाउनलोड गरि प्रयोग गर्न सकिने छ।
गुगल प्ले मुभिज र टिभी, गुगल प्ले गेमस् जस्ता थुप्रै विशेषताहरु यसमा रहेको छ। यस गुगल एन्ड्रोइड टिभीमा २ जीबी र्याम र १६ जीबी रोमको प्रयोग गरिएको छ।
त्यसैगरि अर्को डल्बी डिजिटल साउण्डको प्रयोग गरिएको छ। जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक सराउण्ड साउण्डको अनुभव प्रदान गर्दछ।
कम्पनीले यो टि.भी.मा ३ वर्षको वारेण्टी प्रदान गरेको छ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय