हिमाल दैनिक
मौद्रिक नीति ल्याउँदा पाँच बुँदामा ध्यान दिन राष्ट्र बैैंकलाई कांग्रेसको सुझाव
nepali congress
कोरोना भाइरसको महामारीबाट विश्वभर छाएको आर्थिक मन्दीको मारमा परेको देशेको आर्थिक अवस्थाबाट पार पाउन नेपालले विस्तारवादी मौद्रिक नीति अपनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जोड दिएको छ। कोरोना भाइरसबाट प्रभावित देशको अर्थ व्यवस्थाबारे अध्ययन गरी पार्टी र सरकारलाई सुझाव दिन पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महतको संयोजकत्वमा गठित अर्थतन्त्र केन्द्रिय विशेष समितिले राष्ट्र बैकलाई व्यवहारिक र प्रभावकारी मौद्रिक नीति ल्याएर देशको अर्थतन्त्र गतिशील बनाउन सुझाव दिएको हो। पार्टी कार्यालय सानेपामा बिहिबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिले तयार पारेको सुझाव सार्वजनिक गर्दै नेता महतले महामारीले एकातिर बैंकहरुको निक्षेप तथा अन्य स्रोत परिचालन गरी तरता बृद्धि गर्ने र कर्जा विस्तार गर्न सक्ने क्षमता कमजोर भएको छ भने अर्को तर्फ उद्योग व्यवसाय रुग्ण वा बन्द हुने अवस्थामा विप्रेषण, पर्यटन तथा निर्यातबाट प्राप्त हुने विदेशी मुद्राको आम्दानी कम हुनगई भुक्तानी सन्तुलनमा प्रतिकूल प्रभाव पर्ने सम्भावना रहेको बताए। यस वर्ष प्रत्यक्ष र परोक्ष रुपमा मौद्रिक र वित्तिय नीति दुबैको लक्ष्य महामारीले थोपरेको स्वास्थ्य, आर्थिक र मानवीय संकटबाट नेपाली समाजलाई पार लगाई वर्तमान चुनौतीहरुको सामना गन विशेषतः पाँच विषयमा केन्द्रित भएर राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु पर्ने सुझाव कांग्रेसले दिएको छ। महतको समितिले दिएको सुझावको पहिलो बुँदामा आर्थिक पुनरुत्थानका लागि कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि पुर्नतालिकीकरण र व्याजको पूँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपउना सुझाव दिएको छ। यसले कोभिड–१९ को असरबाट अत्याधिक प्रभावित पर्यटन, यातायात, निर्माण, निर्यातजन्य उद्योग, लघु तथा साना उद्यम व्यवसाय, स्वास्थ्य र शिक्षा क्षेत्रलाई आर्थिक राहत दिन सुझाएको छ। दोस्रो बुँदामा दीर्घकालीन आर्थिक वृद्धिका लागि केन्द्रिय बैंकको प्रमुख मौद्रिक औजार नीतिगत व्याजदर रहेपनि त्यसले बैंकिङ व्याजका दरहरुमा प्रभाव पार्न नसकेको अवस्थामा तरलता व्यवस्थापन मार्फत उपलब्ध औजारहरु अवलम्बन गरी व्याजदर एकल अंकमा सिमित गर्ने लक्ष्य राखी संस्थागत निक्षेपकर्तासँग समन्वयमा व्याजदर स्थिर राख्न सुझाव दिएको छ। त्यसैगरी वित्तिय सुधारका लागि कम्तिमा दुई वर्षसम्म मौजुदा नाफा करमा भारी छुट दिएर बैंकहरुलाई एक आपसमा गाभ्न सजिलो बनाउन र उत्प्रेरणाहरु बाध्यात्मक नभई स्वाभाविक हुनु पर्नेमा जोड कांग्रेसले दिएको छ। चौथो बुँदामा विनियम दर एवं बाह्रय भुक्तानी सन्तुलनका लागि परम्परागत दायित्वमा उत्पादन वृद्धि र मुद्रास्फीति नियन्त्रण गरी चालु मूल्य मापन गर्न र कुल ग्राहस्थ उत्पादनको वेद्धि दरलाई मौद्रिक नीतिको मुख्य लक्ष्य बनाउन सुझाव दिएको छ। पाँचौ बुँदामा नियमन तर सुपरिवेक्षण क्षमता शीर्षक अन्तर्गत राष्ट्र बैंकको व्यवसायिक स्वायत्ततामा आँच पुग्न नदिन अर्थ मन्त्रालयको शाखा जस्तो देखिनेगरी नराखेर केन्द्रिय बैंकको स्वयत्तता जरुरी रहेको बताए। राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण क्षमतामा व्यापक वृद्धि गर्न नयाँ मानव संशाधन नीतिको आवश्यक गृहकार्य र तयारीमा पनि महत नेतृत्वको समितिले जोड दिएको छ। [pdf-embedder url="http://himaldainik.com/wp-content/uploads/2020/07/Press-Conference-2077.04.01-July-16-NC_Monetary-Policy-1.pdf" title="Press Conference 2077.04.01 [July 16] NC_Monetary Policy (1)"]
प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update