हिमाल दैनिक
आज सुनको मुल्य कति?
gold-bar
साउन महिनाको पहिलो दिन सुनको मुल्य घटेको छ। बुधबार प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९२ हजार ७ सय पुगेको छ। त्यस्तै तेजावी सुनको मुल्य पनि १ सय रुपैयाँले घटेको छ । आज तेजावी सुनको मुल्य ९२ हजार २ सय ६० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ। मंगलबार तजावी सुनको मुल्य ९१ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मुल्य भने यथावत नै रहेको महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ५ रुपैयाँमा कारोबार भएको छ। साउन महिनामा सुनको मुल्य: [table id=15 /] कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भएको थियो। सुनको मुल्य प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन आज सम्म आइपुग्दा ५ हजार रुपैयाँले वृद्धि भएको छ। असारको पहिलो दिन प्रति तोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिनमा आइपुग्दा ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको थियो । असार महिनामा सुनको मुल्य: [table id=14 /]
प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update