हिमाल दैनिक
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी
chandra dhakal
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा ढकालले आफ्नो समूहबाट उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघईको उम्मेदवार भएको घोषणा गरेका हुन् । महासंघमा नयाँ नेतृत्वका रुपमा आउने आफ्नो टिमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने र आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्ने बताए । उम्मेदवारी घोषणा गर्दै ढकालले कोरोना भाइरसले सिर्जना गरेको चुनौती सबैको सामूहिक प्रयासमा पार लगाउने पनि दावी गरे । निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इन्जिन भएको भन्दै ढकालले यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य भएको बताए । महासंघलाई ठूला उद्यमीहरुको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्ने उनले बताए । साउन २६ र २७ गते हुने ५४ औंँ वार्षिक साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्दैछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान अनुसार शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुदैँछ ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update