हिमाल दैनिक
एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै
note
नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने १००० दरको नोटमा अब दुईवटा हात्तिको चित्र रहने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै १००० दरको नोटमा एउटा हात्तिको चित्र रहने गरेकोमा अब दुईवटा हुने जनाएको छ । नोटको मध्यभागमा चितवन जिल्लाको सरकारी हात्तिसारमा रहेको नेपाली हात्तिममा दुर्लभ मानिने देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तिको फोटो हुने जनाएको छ । साउन महिनाको ७ गतेदेखि संचालनमा आएको नोटको बायातर्फ सगरमाथाको चित्र रहने छ । नोटमा राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरन्जिवी नेपालको हस्ताक्षर हुने छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update