हिमाल दैनिक
आज सुनको मुल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय पुगेको छ। सुनको मुल्य ९६ हजार काटेको यो पहिलो पटक हो । त्यस्तै तेजावी सुनको मुल्य पनि ४ सय ९५ रुपैयाँले बढेको छ । आज तेजावी सुनको मुल्य ९५ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ। शुक्रबार तजावी सुनको मुल्य ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मुल्य ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको छ। साउन १ गते ९२ हजार ७०० मुल्यमा कारोबार भएको सुन १० दिन मै ३ हजार ६ सय रुपैयाँले र चाँदीको १५० रुपैयाँलेवृद्धि भएको छ । कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भएको थियो। सुनको मुल्य प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन आज सम्म आइपुग्दा ८ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ। साउन महिनामा सुनको मुल्यको विवरण
गते सुन (प्रति तोला) तेजाबी सुन (प्रति तोला) चाँदी (प्रति तोला)
९२७०० ९२ हजार २६० १००५
९२२०० ९१ हजार ७६० ९९५
९२५०० ९२ हजार ६५ १००५
९२३०० ९१ हजार ८६५ १०००
९२७०० ९२ हजार २६० १०४०
९४००० ९३ हजार ५६० ११३५
९४५०० ९४ हजार ६५ ११४५
९५८०० ९५ हजार ३६५ ११५०
११ ९६३०० ९५ हजार ८६० ११५५
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update