आज सुनको मुल्य १२ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १२ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय पुगेको छ।
त्यस्तै तेजावी सुनको मुल्य पनि १२ सय रुपैयाँले बढेको छ । आज तेजावी सुनको मुल्य ९७ हजार ६० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ। आइतबार तजावी सुनको मुल्य ९५ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मुल्य ५५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भएको छ। साउन १ गते ९२ हजार ७०० मुल्यमा र चाँदीको १५० रुपैयाँले कारोबार भएको थियो। कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भएको थियो। सुनको मुल्य प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन आज सम्म आइपुग्दा १० हजार १ सय रुपैयाँले वृद्धि भएको छ।
साउन महिनामा सुनको मुल्यको विवरण
गते | सुन (प्रति तोला) | तेजाबी सुन (प्रति तोला) | चाँदी (प्रति तोला) |
१ | ९२७०० | ९२ हजार २६० | १००५ |
२ | ९२२०० | ९१ हजार ७६० | ९९५ |
४ | ९२५०० | ९२ हजार ६५ | १००५ |
५ | ९२३०० | ९१ हजार ८६५ | १००० |
६ | ९२७०० | ९२ हजार २६० | १०४० |
७ | ९४००० | ९३ हजार ५६० | ११३५ |
८ | ९४५०० | ९४ हजार ६५ | ११४५ |
९ | ९५८०० | ९५ हजार ३६५ | ११५० |
११ | ९६३०० | ९५ हजार ८६० | ११५५ |
१२ | ९७५०० | ९७ हजार ६० | १२१० |
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय