हिमाल दैनिक
सुनको मुल्य आज ९८ हजार नाघेको छ। आइतबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ७ सय रुपैयाँले वृद्धि भएको छ। यस संगै सुनको मुल्य ९८ हजार दुई सय पुगेको छ। सुनको मुल्य यसरी ९८ हजार काटेको यो पहिलो पटक हो। नेपालमा पछिल्लो समय सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ। कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भए पछि सुन-चाँदीको मुल्य बढ्दै गएको छ। जेष्ठ २५ गते पछि आजसम्म सुनको मुल्य १० हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। सुनको मुल्य यही अनुसार बढे अबको ४-५ दिनमा प्रति तोला सुनको मुल्य १ लाख सम्म पुग्ने अनुमान गरिएको छ। त्यस्तै तेजावी सुनको मुल्य पनि ७ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९७ हजार ७ सय ६० रुपैयाँ निर्धारण गरेको छ। सोमबार तजावी सुनको मुल्य ९७ हजार ६० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मुल्य आज ३५ रुपैयाँले बढेको छ। हिजो प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ४५ रुपैयाँ पुगेको छ। साउन महिनामा सुनको मुल्यको विवरण
गते सुन (प्रति तोला) तेजाबी सुन (प्रति तोला) चाँदी (प्रति तोला)
९२७०० ९२ हजार २६० १००५
९२२०० ९१ हजार ७६० ९९५
९२५०० ९२ हजार ६५ १००५
९२३०० ९१ हजार ८६५ १०००
९२७०० ९२ हजार २६० १०४०
९४००० ९३ हजार ५६० ११३५
९४५०० ९४ हजार ६५ ११४५
९५८०० ९५ हजार ३६५ ११५०
११ ९६३०० ९५ हजार ८६० ११५५
१२ ९७५०० ९७ हजार ६० १२१०
१३ ९८२०० ९७ हजार ७६० १२४५
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update