सुनको मुल्य एक लाख पुग्न लागेको छ । बुधबार प्रति तोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले वृद्धि भएको हो। आज सुन को मुल्य प्रति तोला ९९ हजार मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपालमा पछिल्लो समय सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ। कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भए पछि सुन-चाँदीको मुल्य बढ्दै गएको छ। जेष्ठ २५ गते पछि आजसम्म सुनको मुल्य ११ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ।
त्यस्तै तेजावी सुनको मुल्य पनि ४ सय ९५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९८ हजार ५६० रुपैयाँ निर्धारण गरेको छ। हिजो तजावी सुनको मुल्य ९८ हजार 65 रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मुल्य आज भने यथावत नै राखेको छ । हिजो प्रति तोला १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि त्यही मुल्यमा कारोबार हुने महासंघले जनाएको छ।
साउन महिनामा सुनको मुल्यको विवरण
गते | सुन (प्रति तोला) | तेजाबी सुन (प्रति तोला) | चाँदी (प्रति तोला) |
१ | ९२७०० | ९२ हजार २६० | १००५ |
२ | ९२२०० | ९१ हजार ७६० | ९९५ |
४ | ९२५०० | ९२ हजार ६५ | १००५ |
५ | ९२३०० | ९१ हजार ८६५ | १००० |
६ | ९२७०० | ९२ हजार २६० | १०४० |
७ | ९४००० | ९३ हजार ५६० | ११३५ |
८ | ९४५०० | ९४ हजार ६५ | ११४५ |
९ | ९५८०० | ९५ हजार ३६५ | ११५० |
११ | ९६३०० | ९५ हजार ८६० | ११५५ |
१२ | ९७५०० | ९७ हजार ६० | १२१० |
१३ | ९८२०० | ९७ हजार ७६० | १२४५ |
१४ | ९८५०० | ९८ हजार ६५ | १२२५ |
१५ | ९९००० | ९८ हजार ५६० | १२२५ |
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय