आज पनि सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ। शुक्रबार सुनको मुल्य प्रति तोला ३०० रुपैयाँले बढेको छ । बिहिबार प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रति तोला ९९ हजार तीन सय रुपैयाँ पुगेको छ।
कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गतेबाट शुरु भए पछि सुन-चाँदीको मुल्य बढ्दै गएको छ। जेष्ठ २५ गते प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन आजसम्म आइपुग्दा ११ हजार १ सय रुपैयाँले वृद्धि भएको छ। यस साता सुनको मुल्य ३ हजार रुपैयाँले वृद्धि भएको छ।
त्यस्तै तेजावी सुनको मुल्य पनि ३ सय ५ रुपैयाँले बढेको छ ।महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९८ हजार ८ सय ६५ रुपैयाँ निर्धारण गरेको छ। बिहिबार तजावी सुनको मुल्य ९८ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य २५ रुपैयाँले घटेको छ। हिजो प्रति तोला १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
साउन महिनामा सुनको मुल्यको विवरण
गते | सुन (प्रति तोला) | तेजाबी सुन (प्रति तोला) | चाँदी (प्रति तोला) |
१ | ९२७०० | ९२ हजार २६० | १००५ |
२ | ९२२०० | ९१ हजार ७६० | ९९५ |
४ | ९२५०० | ९२ हजार ६५ | १००५ |
५ | ९२३०० | ९१ हजार ८६५ | १००० |
६ | ९२७०० | ९२ हजार २६० | १०४० |
७ | ९४००० | ९३ हजार ५६० | ११३५ |
८ | ९४५०० | ९४ हजार ६५ | ११४५ |
९ | ९५८०० | ९५ हजार ३६५ | ११५० |
११ | ९६३०० | ९५ हजार ८६० | ११५५ |
१२ | ९७५०० | ९७ हजार ६० | १२१० |
१३ | ९८२०० | ९७ हजार ७६० | १२४५ |
१४ | ९८५०० | ९८ हजार ६५ | १२२५ |
१५ | ९९००० | ९८ हजार ५६० | १२२५ |
१६ | ९९३०० | ९८ हजार ८६५ | १२०० |
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय