आज सुनको मुल्यको मुल्य २०० रुपैयाँले वृद्धि भएको छ। सोमबार प्रति तोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रति तोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ।
त्यस्तै तेजाबी सुनको मुल्य पनि बढेको छ। शुक्रबार प्रति तोला ९८ हजार ८६५मा कारोबार भएको तेजाबी सुनको मुल्य आज २ सय ५ रुपैयाँले बढेको छ। आज तेजाबी सुनको मुल्य ९९ हजार ३ सय ६५ रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ।
पछिल्लो समय नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ। लगातार बढ्दै गएको सुन हिजो भने यथावत नै रहेको थियो। आइतबार प्रति तोला ९९ हजार ६०० रुपैयाँले कारोबार भएको सुन हिजो पनि त्यही मुल्यमा करोबार भयो। नेपाली बजारमा सुनको मुल्य एक लाख नजिकै पुग्न लागेको यो पहिलो पटक हो।
आज चाँदीको मुल्य भने यथावत नै रहेको छ। आइतबार र सोमबार प्रति तोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही मुल्यमा कारोबार गर्ने महासंघले जनाएको छ।
साउन महिनाको तेस्रो सातासम्म आइपुग्दा सुनको मुल्य ७ हजार १ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २ सय २५ रुपैयाँले वृद्धि भएको छ।
साउन महिनामा सुनको मुल्यको विवरण
गते | सुन (प्रति तोला) | तेजाबी सुन (प्रति तोला) | चाँदी (प्रति तोला) |
१ | ९२७०० | ९२ हजार २६० | १००५ |
२ | ९२२०० | ९१ हजार ७६० | ९९५ |
४ | ९२५०० | ९२ हजार ६५ | १००५ |
५ | ९२३०० | ९१ हजार ८६५ | १००० |
६ | ९२७०० | ९२ हजार २६० | १०४० |
७ | ९४००० | ९३ हजार ५६० | ११३५ |
८ | ९४५०० | ९४ हजार ६५ | ११४५ |
९ | ९५८०० | ९५ हजार ३६५ | ११५० |
११ | ९६३०० | ९५ हजार ८६० | ११५५ |
१२ | ९७५०० | ९७ हजार ६० | १२१० |
१३ | ९८२०० | ९७ हजार ७६० | १२४५ |
१४ | ९८५०० | ९८ हजार ६५ | १२२५ |
१५ | ९९००० | ९८ हजार ५६० | १२२५ |
१६ | ९९३०० | ९८ हजार ८६५ | १२०० |
१८ | ९९६०० | ९९ हजार १६० | १२३० |
१९ | ९९६०० | ९९ हजार १६० | १२३० |
२० | ९९८०० | ९९ हजार 365 | १२३० |
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय