हिमाल दैनिक
अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको भाउ बुधबार नेपाली बजारमा अप्रत्याशित रुपमा बढेको छ । बुधबारबार प्रतितोला रु १ लाख १४ सयमा कारोवार भएको पहेँलो धातुमा बुधबार एक हजार १ सय रुपैयाँले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार पाँच सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख दुई हजार निर्धारण गरिएको छ । हिजो तेजाबी सुन १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य रु ५० ले बढेको छ । त्यस्तै चादीको मूल्य रु एक हजार ३४५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । साउन महिनामा सुनको मुल्यको विवरण
गते सुन (प्रति तोला) तेजाबी सुन (प्रति तोला) चाँदी (प्रति तोला)
९२७०० ९२ हजार २६० १००५
९२२०० ९१ हजार ७६० ९९५
९२५०० ९२ हजार ६५ १००५
९२३०० ९१ हजार ८६५ १०००
९२७०० ९२ हजार २६० १०४०
९४००० ९३ हजार ५६० ११३५
९४५०० ९४ हजार ६५ ११४५
९५८०० ९५ हजार ३६५ ११५०
११ ९६३०० ९५ हजार ८६० ११५५
१२ ९७५०० ९७ हजार ६० १२१०
१३ ९८२०० ९७ हजार ७६० १२४५
१४ ९८५०० ९८ हजार ६५ १२२५
१५ ९९००० ९८ हजार ५६० १२२५
१६ ९९३०० ९८ हजार ८६५ १२००
१८ ९९६०० ९९ हजार १६० १२३०
१९ ९९६०० ९९ हजार १६० १२३०
२० ९९८०० ९९ हजार ३६५ १२३०
२१ १०१४०० १ लाख ९०० १२९५
२२ १०२५०० १ लाख २००० १३४५
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update