एल.जी.एआई डिडि टि एम (AI DDTM) मोटर भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा एआई डिडि टि एम((AI DDTM) ) जस्ता लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउछ ।
एआई डिडि टिएम(AI DDTM) वासिङ मेसिनले बिग डाटा विथ डिप लर्निङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ ।
यस वासिङ मेसिनमा स्टिम प्लस टि एम (steam+TM) प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३०% कपडाहरुलाई खुम्चिन बाट बचाउदछ ।
टर्बो वास टिएम ३६० डिग्री(Turbo WashTM 3600) र ४ हाई स्पिड नोजल विथ इन्भर्टर पम्प टेक्नोलोजी(Spray Nozzle with Inverter pump Technology) रहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वश साइकल गर्दछ जसले विजुली र समयको बचत गर्छ ।
यसमा मिसएलाइन(Misaligned) १००% स्टेनलेस स्टिल लिफ्तर (stainless Steel Lifter)छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाईजेनिक र कपडा गनाउन दिदैन । यसमा टेम्पर ग्लास डोर (Temper Glass Door )छ जसमा स्क्राच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथ साथै एलिगेन्ट डिजाइन(Elegant Design), वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नोब (Metallic Nob) र बिग एलइडि डिस्प्ले (Big LED Display) रहेको छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मदत ले रिन्ज र स्पिन को बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ ।
नेपालमा एल.जी. ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जि. इम्पेक्स प्रा.ली. रहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय