हिमाल दैनिक
पोखराको रोयल पाम होटल आइसोलेसन सेन्टर
118487686_644112242892806_2422189703528722644_n
पोखरा चाउथेमा रहेको होटल रोयल पाम अब कोभिड–१९ का संक्रमितलाई राख्ने आइसोलेसन सेन्टरको रुपमा स्थापना हुने भएको छ । पोखरा महानगरपालिकाले इच्छुक होटल तथा पार्टी प्यालेस र अन्य भवनको निःशुल्क वा सःशुल्क उपलब्ध गराउन सार्वजनिक गरिएको सूचनाका आधारमा आफूहरुले होटल रोयल पामलाई उक्त सेन्टरको रुपमा स्थापना गर्न चाहेको होटलका प्रबन्ध निर्देशक सुवास प्रधानले बताए । उनले भने, “हाम्रो होटल गत चैत पहिलो हप्तादेखि बन्द छ, कोरोनाको कारण धेरै क्षेत्र प्रभावित भएकाले हामीले हाम्रो क्षेत्रबाट केही सक्दो सहयोगसहितको होटललाई नै आइसोलेसन सेन्टरका रुपमा स्थापना गर्न चाहेका छौं ।” गत चैत ७ गतेदेखि बन्द भएको होटलमा कोरोनाका बिरामीसँग आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी उनीहरुलाई व्यवस्थापन गर्न चाहेको निर्देशक प्रधानले बताए । “सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनासँगै सावधानी अपनाउँदै जिउनु पर्ने सन्देश दिन पनि हामी अब हाम्रो होटल व्यवसायलाई सञ्चालन गर्न चाहन्छौं) उनले भने, “पहिला कोरोनाको धेरै त्रास भए पनि अहिले जनजीवन सामान्य बन्दै गएको छ ।” ३१ वटा कोठा रहेको होटलमा ३५ जना कर्मचारी आवद्ध भएको रोयल पाम होटलका राजु श्रेष्ठले बताए । पोखरा महानगरपालिकाका सूचना अधिकारी भरत पौडेलले तीन दिनका लागि आह्वान गरीएको सूचनाको आधारमा रोयल पाम होटले मात्र आइसोलेसन सेन्टर बनाउन आवेदन दिएको बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखरा महानगरपालिकाको क्वारेनटाइमा सूचिकृत भएका २४ मध्ये ८ वटा होटल मात्र सञ्चालनमा आएको बताए । २४ वटा होटलमा १ हजार ८ सयको बेड रहेकोमा हालसम्म करिब ५ सय जनालाई मात्र क्वारेनटाइनमा व्यवस्थापन गरिएको उनले जनाए । विदेशबाट आउने र अन्तरजिल्लासहितका पाहुनाले गर्दा क्वारेनटाइनमा आफूहरुले सोचे भन्दा धेकम संख्यामा व्यवस्थापन गर्नु परेको अध्यक्ष तुलाचनले जनाए । खानासहित प्रतिबेड एक रातको २ हजारदेखि ६ हजारसम्मको शुल्क निर्धारण गरिए पनि अधिकांश २÷३ हजारका रुम नै बुकिङ भएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update