काठमाडौं । नेपाली बजारमा चाइनिज ब्रान्डका मोटरसाइकलहरु भित्रनेक्रम जारी छ ।
हालैमात्र कासाकाका डर्ट बाइक भित्रिएका छन् । कासाकाका दुई मोडल कासाका २०० र कासाका २५० भित्रिएका हुन ।
स्टाइल ट्रेड लाइन कम्पनीले नेपाली बजारमा ल्याएका यी बाइक एडभेन्चर यात्राका लागि सहज मानिन्छन् ।
यही कम्पनीले नेपालका लागि चाइनिज ब्रान्ड जायलिङका बाइक समेत आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।
कासाका २०० मा एयरकुल्ड, सिङ्गल सिलिण्डर र ४ स्ट्रोक सहित १९७ सीसीको इन्जिन जडान गरिएको छ ।
बाइककोे अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा र ग्राउण्ड क्लियरेन्स २९० एमएम रहेको छ ।
यसको लम्बाई २०५० एमएम, चौडाई ८५० एमएम र उचाई ११७० एमएम छ ।
बाइकको शुद्ध तौल १२० किलोग्राम र अधिकतम लोडिङ क्षमता १५० किलोग्राम छ ।
रातो र सेतो कलरमा उपलब्ध बाइकमा १२ लिटरको इन्धन ट्यांकी छ । कासाका २०० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै कासाका २५० समेत बिक्रीमा राखिएको छ । यसको मूल्य ४ लाख १५ हजार रुपैयाँ छ ।
यसको तौल १२६ केजी र अधिकतम लोडिङ क्षमता १५० केजी रहेको छ । यसमा साढे १० लिटरको इन्धन ट्यांकी छ ।
काठमाडौं नयाँबजार, चितवनको नारायणघाट स्थित पारस बासपार्क र धादिङस्थित आरुघाटमा बाइक विक्रीमा राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय