हिमाल दैनिक
विश्वको दोस्रो ठूलो ब्राण्ड टि.सि.एल(TCL)
TCL-electronics
विश्व बजारमा उत्पादन र ग्राहकहरुको रोजाईमा पर्न सफल भएको छ। टि.सि.एल.(TCL) ब्राण्डका घरायसी सामाग्रीको आधारमा यसपटक फेरी टि.सि.एल. टि.भी. विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको हो । पछिल्लो समय नेपालमा पनि टि.सि.एल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दै गएको छ । नेपालमा टि.सि.एल. ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सर लगाएतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल.(EOL) मार्फत नेपाली बजारमा विक्री हुने गरेको छ । विश्वमा टि.सि.एल. ब्राण्ड १५ वटा अवार्ड विजेता भईसकेको छ । टि.सि.एल.का २३ वटा आर.एण्ड.डि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो ब्यापर विस्तार गरिसकेको छ । विश्वमा टि.सि.एल. ब्राण्डको मुल्याङकन २००७ मा ४०.१३६ अर्व आर.एम.वि. रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्व आर.एम.वि. पुगेको छ । टि.सि.एल. ब्राण्डको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ । टि.सि.एल. टि.भी. सन् १९८१ मा सुरुवात गरेको थियो । आई.एच.एस. पछिको २०१६ मा नै उत्कृष्ट टप ३ स्थान ओगट्न सफल भएको टि.सि.एल. ब्राण्डका टि.भी. २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ । क्यु २, २०२० मा मार्केट सेयर को आधारमा टि.सि.एल. ग्लोबल टप २ टि.भी. ब्राण्ड बन्न सफल भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update