हिमाल दैनिक
पाँच वाणिज्य बैंकले १२ अर्ब ६० करोडको डिबेञ्चर जारी गर्ने
debenture_mage-1
पाँच वाणिज्य बैंकले १२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र (डिबेञ्चर) जारी गर्ने भएका छन् । सिद्धार्थ, एभरेष्ट, सानिमा, एनसीसी, र बैंक अफ काठमाण्डूले डिबेञ्चर जारी गर्न नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। बोर्डका अनुसार सानिमा, एनसीसी, र बैंक अफ काठमाण्डूले दश वर्ष अवधिको र सिद्धार्थ, एभरेष्ट बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न अनुमति माग गरेका हुन्। सिद्धार्थ बैंकले ४ अर्ब, सिद्धार्थ र एनसीसी बैंकले ३ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब ६० करोड र एभरेष्ट बैकले १ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर जारी गर्न लागेका हुन् । कूल १२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ५ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी हुनेछ भने ७ अर्ब ५६ करोड रुपैयाँ बराबरको प्राइभेट प्लेसमेन्ट अर्थात संस्तागत लगानीकर्तामा जारी हुनेछ । ऋणपत्र जारी गर्नका लागि एनसीसी, र बैंक अफ काठमाण्डूले नबिल इन्भेष्ट बैंकिङ्ग, सानिमा बैंकले एनआईसी एशिया क्यापिटल, एभरेष्ट बैंकले एनआईबिएल एस क्यापिटल, र सिद्धार्थ बैंकले एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update