काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।
बुधबार मन्त्रालयमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले उक्त निर्देशन दिएको मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिए ।
आन्तरिकतर्फ दुईबटा मात्र ट्विनेटर विमान भएको र त्यसले माग धान्न नसकेको साथै दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउँदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले ग्राउन्डेड भएका चिनियाँ विमानको हकमा पनि लिजमा दिने वा बिक्री गर्ने विषयमा समेत मोडालिटी तयार पार्न निर्देशन दिएको अधिकारीले जानकारी दिए ।
मन्त्री भट्टराईले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, संचयकोष,पर्यटन मन्त्रालय र अर्थमन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिए ।
उनले नेपाल एयरलाइन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाइनस भएकले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिए ।
एयरलाइन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढन आग्रह समेत गरे ।
नेपाल एयरलाइन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पत्ति (जग्गा) ब्यवसायीक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे ।
मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निेर्देशन दिएका थिए ।
खर्चकटौती तथा मितब्ययीता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी,बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गरेका थिए ।
मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी,क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय