विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्रान्डको बिक्रि वितरण गर्दै आइरहेको छ। विभिन्न ११२ देश र ७६ ब्रान्डका साथ देश–विदेशमा नेपाल बहुराष्ट्रिय कम्पनीका रूपमा परिचित नेपालको प्रतिष्ठित व्यापारीक समूह चौधरी ग्रुपले विभिन्न टप ब्रान्ड्सहरुको सहकार्य गर्दै आइरहेको छ।
ब्ल्याकडेकर जस्तो एउटा प्रतिष्ठित अमेरिकन ब्राण्ड र सि.जी.को सि.जी.इम्पेक्स कम्पनीको सहकार्य र साझेदारीमा सि.जी. डिजिटल डिजिटलपार्क, काठमाडौंबाट विभिन्न मिडियाकर्मी र सि.जी. इम्पेक्सका डिलर तथा डिस्ट्रिब्युटरबीच अनलाइन प्रविधिबाट प्रेस कन्फ्रेन्सको आयोजना गरी आधिकारीक घोषणा गरिएको छ।
भर्चुवल प्रविधि माध्यमबाट गरिएको प्रेस कन्फ्रेन्समा सि.जी इम्पेक्सका तर्फबाट सिनियर पदाधिकारीको उपस्थिति रहेको थियो भने, ब्ल्याकडेकर इन्डियाबाट निलान्जन भट्टचार्य (निर्देशक, साउथएसिया) र अमित राटौरी (प्रमुख इक्सपर्ट)ले पनि भर्चुवल माध्यमबाटै सि.जी. इम्पेक्स र ब्ल्याकडेकर कम्पनीबीचको साझेदारीप्रति खुशी व्यक्ति गरेका थिए।
अबको नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्सले बि प्लस् डिएसएmका घरायसी सामाग्रीको बिक्रि वितरण गर्नेछ।
जसमा स्टिम आइरन, ग्रीन्डर मिल्स्, राइस कुकर, गार्मेन्ट स्टिमर, स्यान्ड्विच मेकर, माइक्रोवेभ वभन, ओटिजी जस्ता विभिन्न घरायसी सामाग्री रहेको बि प्लस डि ब्रान्ड बहुर्राष्ट्रिय अमेरिकन ब्राण्ड विश्वभरिनै ग्राहकहरुको उच्च रोजाइमा पर्न सफल रहेको छ। नेपालमा पनि सबैले रुचाउने कम्पनीको विश्वास रहेको छ।
सि.जी.को ‘कुशल स्वास्थ्य असल पर्व दशैं’ अफर | |
टिसीएल(TCL) को दशैं–तिहार अफर: स्टे सेफ, सेलिब्रेट वेल | |
एल.जी.द्वारा ‘अपग्रेड टु हेल्दि लाईफ स्टाईल अफर’को घोषणा | |
विश्वको दोस्रो ठूलो ब्राण्ड टि.सि.एल(TCL) |
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय